Image
Sep 21, 2021
Marathon President Poudel Highlights Nepal’s Potential for Sports and Tourism while meeting AIMS President Paco Borao President Ramchandra Poudel emphasized that Nepal is a fertile ground for sports and tourism, with the potential to host various types of running

नेपालगन्ज म्याराथन तयारी तीब्र, बढ्यो पुरस्कार राशी

by नेपालगन्ज न्यूज

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा लिएको छ ।

 

धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करणबाट पुरस्कार राशी वृद्धि घोषणा गरिएको छ । विश्वव्यापी कोरोना महामारीको चपेटोमा थलिएको खेल क्षेत्रलाई ब्यूँझाउने गरि क्रिएटिभ ह्यान्ड्सको आयोजनामा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना मंसीर ६ गते हुने भएको हो ।
आयोजकका अनुसार, यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।
यसपटक म्यराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।
‘तयारी तिब्र पारिएको छ,’ आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले प्रेस नोटमार्फत भने, ‘ महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।’
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना गरिंदै आएको छ । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
आयोजकका अनुसार, नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । नेपाल एथलेटिक्स संघले साथ दिएको नेपालगन्ज म्याराथन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुने अध्यक्ष ठकुरीले जानकारी दिए ।
क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैटौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्रगतिमा अघि बढिरहेको छ ।
एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नका लागि हिडौं’ भन्ने नारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको यहाँहरुलाई विदितै छ ।
नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।
आयोजकले शनिवार दिएको जानकारी अनुसार, केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहीं न कहीं तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ ।
म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ ।
दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद, एनओसी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन् ।
कोरोना महामारीका कारण यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउनुपर्ने छ । दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न अनुरोध गरिएको छ ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । ‘पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरेका छौं,’ प्रेस नोटमा भनिएको छ ।
‘राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन्,’ आयोजकले भनेको छ, ‘यसले हामीलाई उर्जा थपिदिएको छ ।’ पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजनाको उद्देश्य रहेको भन्दै आयोजक क्रिएटिभ ह्यान्ड्सले भनेको छ, ‘यसै अनुसार हामीले विगत ५ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौं ।’
कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक सबैले मास्क अनिवार्य गरिएको छ । कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको आयोजकले जनाएको छ । गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो ।

कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदै आएका छन् ।