Image
Sep 21, 2021
Marathon President Poudel Highlights Nepal’s Potential for Sports and Tourism while meeting AIMS President Paco Borao President Ramchandra Poudel emphasized that Nepal is a fertile ground for sports and tourism, with the potential to host various types of running

धारा तेल नेपागञ्ज म्याराथनको मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– साताको अन्त्यमा आयोजना हुने नेपालगन्ज म्याराथनलाई धारा शुद्ध तोरीको तेलले प्रायोजन गर्ने भएको छ । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा हरेक वर्ष आयोजना हुने म्याराथनको पाँचौं संस्करण शनिबार आयोजना हुँदैछ ।

केएल दुगडका महाप्रबन्धक प्रदीप कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । अब प्रतियोगिताको नाम धारा नेपालगन्ज म्याराथन रहने बताइएको छ । धारा केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन हो । सम्झौता रकम नखुलाईएपनि सम्झौता दुई वर्ष रहने बताइएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरका रुपमा परिचित छ ।सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजकको उद्देश्य रहेको बताइएको छ ।

कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यमका रुपमा नेपालगन्ज म्याराथन एउटा महत्वपूर्ण कडि बन्ने सक्ने भन्दै नेपालगञ्जलाई महानगर बनाउने अवधारणामा यसले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथाखुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समेटिएको छ ।

यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको आयोजकले जनाएको छ । जसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहने विश्वास छ ।

म्याराम्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ बताएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामानगद पुरस्कार बृद्धि गरिने आयोजक क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले बताएका छन् ।