Image
Sep 21, 2021
Marathon President Poudel Highlights Nepal’s Potential for Sports and Tourism while meeting AIMS President Paco Borao President Ramchandra Poudel emphasized that Nepal is a fertile ground for sports and tourism, with the potential to host various types of running

भूमिराज नेपालगन्ज म्याराथन च्याम्पियन, कान्छिलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)– चौथो नेपालगन्ज म्याराथन नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले दोस्रो पटक हाफ म्याराथनको उपाधि जितेकी छन् ।

क्रियटिभ ह्यान्ड्सको आयोजनामा शनिबार भएको म्याराथनमा २ घन्टा ३३ मिनेट २० सेकेन्डमा निर्धारित दुरी (४२ .१९५ किलोमिटर) पुरा गर्दै भूमिराज च्याम्पियन बनेका हुन् । उनको यो पहिलो सहभागिता हो । नेपालगन्जको विपिचोकबाट सुरु भएको म्याराथन कोहलपुर, कौशिलानगर हुँदै पुनः सोही रुटबाट फर्केर विपि चोक पुगेर टुंगिएको थियो।

महिला हाफ म्याराथनमा कान्छिमाया दोस्रो सहभागितामा पनि च्याम्पियन बनेकी छिन् । उनले १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । म्याराथनमा एपिएफका खिमबहादुर खत्री दोस्रा र सोही क्लबका गणेश ठकुरी तेस्रो भएका छन् । खिमबहादुरले २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पुरा गरे ।

गणेशले २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दुरी तय गरे । बर्दियाका बलबहादुर सुनार चौथो, पुलिसका भीमबहादुर रोकाय पाँचौ, प्रमोद खड्का छैटौं , गोपाल बुढा सातौं र बाँकेका मोरी ग्यानरुक आठौं भएका छन् । भुमिराजले ६० खिमबहादुरले ३०, डोशले २० हजार रुपैयाँ प्राप्त गरे । चौथोले १० हजार, पाँचौले ८ हजार, छैठौले ७ हजार, सातौले ६ हजार र आठौले ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला हाफ म्यराथानमा एपिएकै बृन्दा श्रेष्ठ दोस्रो र कृष्णाश्वरी सिन्तकला तेस्रो भइन् । बृन्दाले १ घन्टा २५ मिनेट ४४ सेकेन्ड र कृष्णश्वेरीले १ घण्टा ३१ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कञ्चन पुनमगर चौथो, बत्तीसरा बम पाँचौं र अन्जु मल्ल छैटौं भइन् । कान्छिमायाले ३०, बृन्दाले १५ र कृष्णेश्वरीले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

चौथोले ५ हजार, पाँचौले ४ हजार र छैठौले तीन हजार रुपैया पाएका छन् । नेपालगञ्ज म्याराथनको ५ किलोमिटर पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भएका छन् । नरेशले १६ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेका थिए । त्यसमा माधव चौधरी दोस्रो, सन्तोषनाथ योगी तेस्रो र प्रकाश कठायत चौथो भए ।

५ किलोमिटर महिलातर्फ कालिकोटकी मंगला बुढा १९ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै पहिलो भइन् । अनिशा चौधरी दोस्रो, सुमित्रा चौधरी तेस्रो र रेजिना बस्नेत चौथो भइन् । ५ किलोमिटर पुरुष र महिलाका विजेताले ५ हजार, तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाएका छन् । नेपालगञ्ज म्याराथन यसपटक १ किलोमिटर वाकाथन प्रतिस्पर्धा पनि भएको थियो । जसमा प्रदीप पण्डित विजयी भए । सोही अवसरमा आयोजक क्रिएटिभ ह्यान्ड्स ग्रुपले ओलम्पियन हरि रोकायलाई सम्मान गरेको थियो ।

म्याराथनका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री, काठमाडौं म्याराथन सञ्चालक निलेन्द्र श्रेष्ठ, राखेपका सदस्य विनोद मैनाली, खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने,बाँकेका प्रहरी प्रमृख एसपी अरुण पौडेल, आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीलगायतले पुरस्कारित गरे ।

सरकार र तत्कालिन माओवादी विद्रोहीबीच शान्ती सम्झौता भएको मंसिर ५ लाई स्मरण गर्ने उद्देश्यका साथ म्याराथनको आयोजना गर्दै आएको आयोजक ग्रुपले जनाएको छ । यसपटक स्थानियको आग्रहमा शनिबार आयोजना गरिएको बताइएको छ ।