नेपालगन्ज म्याराथन – खेलकुद शहर बनाउने अभियानको महत्त्वपूर्ण प्रयास
Sep 21, 2021
Marathon News

नेपालगन्ज म्याराथन – खेलकुद शहर बनाउने अभियानको महत्त्वपूर्ण प्रयास

by प्रकाश तिमल्सिना

धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करणसम्म आइपुग्दा घरेलु खेलकुदको एउटा स्थापित नाम बनिसकेको छ । त्यसो त नेपालमा प्रतियोगिता आयोजना गर्न जति सहज छ । त्यो भन्दा बढी चुनौती निरन्तरतामा हुने गर्दछ ।

चौथ संस्करणको सहभागिता

निरन्तरताका लागि मुख्य बाधक आर्थिक व्यवस्थापन हुने गर्दछ । छैटौं सस्करण सम्म आइपुग्दा नेपालगन्ज म्याराथनले भने सबै खाले चुनौतीलाई पार गर्न सफल भएको छ । तर, पनि आउने वर्षहरुका लागि यसको निरन्तरतामा चुनौती नै छैन भन्ने होइन ।

स्थानिय शहरको नामबाट म्याराथनलाई स्थापित गराउने एउटा प्रयास स्वरुप क्रिएटिभ ह्यान्ड्सले छ वर्षअघि नेपालगन्ज म्याराथन सुरु भएको थियो । शहरका नाममा म्याराथन आयोजना हुने विश्वमा थुप्रै उदाहरण छन् । लण्डन म्याराथन, बर्लिन म्याराथन, बोस्टन म्याराथन, सिड्नी म्याराथन, छिमेकी देश भारतमा हुने दिल्ली म्याराथन त्यसका केहि उदाहारण हुन् ।

निरन्तर आयोजना हुनु आफैमा नेपालगन्ज म्याराथनको सफलता मान्नुपर्दछ । हरेक वर्ष म्याराथमा हुने खेलाडीको सहभागिता, स्थानिय निकाय, प्रायोजकहरु जोडिदै जाने क्रम बढ्दै जानु यसको सफल पक्ष मान्न सकिन्छ । तर, अझै पनि यसको स्थायित्व र निरन्तरता पूरै ढुक्क हुने अवस्था छैन ।

असल नियतका साथ एउटा संस्थाले म्याराथनको ठूलो प्रतियोगिता आयोजना गर्न सक्छ भने दरिलो उदाहारण क्रिएटिभ ह्याड्सले प्रस्तुत गरिसकेको छ । यसका लागि आयोजक संस्था मात्र तयार भएर मात्र पुग्दैन । सहयोगी संघ संस्था, प्रायोजक र स्थानियन निकायको सहयोग पनि त्यत्तिकै जरुरी हुन्छ ।

यसपटक कोरोना भाइरस कोभिड १९ का कारण विश्वव्यापी र देश भित्रका सबै क्षेत्रमा परेको असरले नेपालगन्ज म्याराथन हुनेमा शंका मात्र होइन, हुदैन भन्नेमा सबै मानसिक रुपमा तयार नै थिए । तर, त्यसकै प्रतिकुलतामा पनि नेपालगन्ज म्याराथन आयोजनाको सम्भावना देख्नु कम जोखिमको विषय थिएन ।

कोरोनाको नियन्त्रणका लागि सरकारले चैत ११ गते लकडाउन गरेबाट देशका सबै खेलकुद प्रतियोगिता मात्र होइन प्रशिक्षण पनि बन्द थिए । सरकारले केहि दिन अघि मात्र प्रशिक्षणका सुरु गर्न स्वीकृति दिइसकेको छ । तर, पनि अझै नियमित प्रशिक्षण सुरु भइसकेको छैन ।

सरकारले खेलकुदको प्रशिक्षणका लागि अनुमति नदिदै क्रिएटिभ ह्यान्ड्स नेपालगन्ज म्याराथनको आयोजनाको सम्भावना देख्यो । त्यसका पछाडिको एउटा ठूलो कारण भनेको गत वर्षबाट जोडिएको मुख्य प्रायोजक धारा शुद्ध तोरीको तेल,सह प्रायोजक आर्शिवाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंकलागायत सहयोगी संघ संस्था बढाएको हौसला नै हो ।

गत वर्षका विजेताहरु

सरकारले स्वीकृति नदिदै क्रिएटिभ ह्यान्ड्सले राष्ट्रिय खेलकुद परिषद्(राखेप) र बाँके जिल्ला प्रशासनबाट स्वास्थ्य मापदण्डलाई पूरा गर्दै नेपालगन्ज म्याराथन आयोजनाका लागि स्वीकृति लिइसकेको थियो ।

ठप्प रहेको घरेलु खेलकुदलाई चलायमान बनाउन सकिन्छ भन्ने सन्देश दिन नेपालगन्ज म्याराथन सफल हुने विश्वास लिन सकिन्छ । प्रतिकुल परिस्थितिलाई पनि अनुकुलतामा बदल्दै जानुपर्छ भन्ने यसअघिका भन्दा फरक सन्देश यसपटकको म्याराथनले दिदैछ । कारोनासँग भागेर होइन यसबाट जोखिएर खेलकुद गतिविधि अघि बढाउनका लागि नेपालगन्ज म्याराथन एउटा मानक बन्न सक्ने सम्भावना छ ।

छिमेकी मुलुकले खेलकुद गतिविधि र प्रशिक्षणलाई अघि बढाइरहँदा हामी भने अझै सहज माहोलको पर्खाईमा छौं । तर, कोरोना महामारीको चपेटामा हामी कहिले सम्म पर्छौ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । त्यसअर्थ पनि हामीले अब कोरोनासँग भागेर होइन, यसबाट जोगिएर आफ्नै दैनिकी र खेलकुद गतिविधिलाई चलायमान बनाउनुपर्ने अवस्था सृजना भएको छ । कोरोनाको यो अदृश्य महामारीले अझै कति क्षति पुर्याउँछ त्यसको कल्पना पनि गर्न सकिने अवस्था छैन ।

अर्को आकर्षणका रुपमा यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताद्वय किरणसिंह बोगटी र गोपीचन्द्र पार्कीलगायत विभागिय टोलीका खेलाडीको सहभागिताले नेपालगन्ज म्याराथनप्रति खेलाडीको बढ्दो आकर्षणलाई दर्शाएको छ । त्यसमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका खेलाडीको सहभागिताले भविष्यमा यो क्षेत्रमा थप खेलाडी उत्पादनको सम्भावना पनि देखाएको छ । १३ औं सागमा किरणले र गोपीले ५ हजार मिटरमा स्वर्ण पदक जितेका थिए ।

त्यति मात्र होइन यसपटक अर्को बर्ष हुने टोकियो ओलम्पिकको छनोटका रुपमा नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मान्यता दिनु यसको अर्को सफलता हो । म्याराथनको विजेताले ओलम्पिकमा देशको प्रतिनिधित्व गर्नेछन् । एनओसी वा नेपाल एथलेटिक्स संघले आफै छनोट तत्काल गर्ने सम्भावना नभएको परिस्थितिलाई मनन गर्दै नेपालगन्ज म्याराथननै छनोटको मान्यता दिनु एनओसीका लागि राम्रो विकल्प थियो ।

कोरोनाकै कारण धेरै जोखिम उठाउन नमिल्ने हुँदा प्रतियोगिताको स्वरुप केहि खुम्चिएको पक्कै छ । यसपटक पुरुष म्याराथन र महिला हाफ म्याराथनको मात्र प्रतिस्पर्धा राख्नुपर्ने परिस्थित बनेको छ । समयअनकुल आयोजनाको स्वरुपलाई परिवर्तन गर्नुपर्ने स्वभाविक थियो ।

म्याराथन आयोजनाले नेपालगन्जलाई खेलकुदको शहरका रुपमा विकसित गर्दै उद्देश्यमा महत्वपूर्ण टेवा दिने निश्चित छ । केहि वर्षयता बाँके जिल्ला भलिबल संघको आयोजना हुने प्रधानमन्त्री कप महिला भलिबल, बाँके जिल्ला फुटबल संघको आयोजना हुने नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता नेपालगन्जका स्थापित प्रतियोगिता हुने प्रयासमा छन् । ती प्रतियोगितालाई पनि निरन्तरताको चुनौती नभएको होइन । तर, पनि जिल्ला फुटबल र भलिबल संघ आफ्नो प्रतियोगितालाई निरन्तरता आयोजना गर्न प्रयासरत देखिन्छन् ।

गत वर्ष लुम्बिनी प्रदेशले आठौं राष्ट्रिय खेलकुदको सफल आयोजना गर्दा त्यसको मुख्य केन्द्र बाँके त्यसमा पनि नेपालगन्ज मुख्य शहर थियो । २०५४ सालमा चौथो राष्ट्रिय खेलकुद आयोजना गरेको नेपालगन्जले खेलकुदमा आफ्नो अलग पहिचान बनाइसकेको छ । चौथो र आठौंले खेलकुदमा दिलाएको त्यो बिरासतलाई जोगाउन जिम्मेवारी यी तीन ठूला प्रतियोगिता नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप र नेपालगन्ज गोल्डकप माथि छ ।

कुनै प्रतियोगिता सफलताका लागि स्थानिय व्यापारिक घरना, स्थानिय संघ संस्था, स्थानिय निकायको सहयोग आवश्यक पर्दछ । त्यसमा नेपालगन्ज बिस्तारै तयार हुँदै गएको र अपनत्व विकास भएको महसुस गर्न सकिन्छ । त्यसर्थ पनि नेपालगन्ज काठमाडौं, पोखरापछि खेलकुदको अर्को शहर बन्ने सम्भावना देखिदै गएको छ ।

कुनै प्रतियोगिता सफलताका लागि स्थानिय व्यापारिक घरना, स्थानिय संघ संस्था, स्थानिय निकायको सहयोग आवश्यक पर्दछ । त्यसमा नेपालगन्ज बिस्तारै तयार हुँदै गएको र अपनत्व विकास भएको महसुस गर्न सकिन्छ । त्यसर्थ पनि नेपालगन्ज काठमाडौं, पोखरापछि खेलकुदको अर्को शहर बन्ने सम्भावना देखिदै गएको छ ।

कुनै समय महिला क्रिकेटको उदय गराउने जस पाएको नेपालगन्जमा शुटिङ र भारोत्तलन खेलाडी उत्पादनको उर्वरभूमि मानिन्थ्यो । अहिले ती खेल केहि ओझेलमा छन् । अहिले खेलकुदका कारणबाट नेपालगन्जको परिचय बन्दै गरेको म्याराथन, भलिबल र फुटबल प्रतियोगिताले अन्य खेलका पदाधिकारी र सरोकारवालाई पूर्नजार्गित गराउन सकेको खण्डमा खेलकुदका नजरमा नेपालगन्जको परिचय अझै फराकिलो बन्दै जाने अनुमान गर्न सकिन्छ ।

नेपालगन्जनमा हुने तीन ठूला प्रतियोगिता एथलेटिक्स, फुटबल र भलिबल प्रतियोगिता आयोजनाको सिमित अर्थमा मात्र हेरिन्नु हुँदैन । यसलाई नेपालगन्जलाई खेलकुद शहरका रुपमा विकास गर्ने अभियानको महत्त्वपूर्ण प्रयासको रुपमा हेरिनु बढी जायज हुन्छ ।

Read More
Armed police’s Parki wins marathon, qualifies for Olympics  https://tkpo.st/2V23h53
Sep 21, 2021
Marathon News

Armed police’s Parki wins marathon, qualifies for Olympics https://tkpo.st/2V23h53

The 13th South Asian Games (SAG) gold medalist Gopi Chandra Parki of the Armed Police Force (APF) clinched Nepalgunj Marathon while his clubmate Pushpa Bhandari secured women’s half marathon title.

Parki, the 5,000m gold medalist of the SAG held in Nepal from December 1 to 10 last year, also secured a place for Tokyo Olympics to be held in 2021, according to the organisers Creative Hands. Bhandari was marathon silver medalist in SAG.

The 31-year-old Parki clocked 2 hours 18 minutes 59 seconds to finish the 42.195km race ahead of 24 competitors. The timing was the best achieved by Nepali players at home course. Earlier, Bhumiraj Rai held the best home timing of 2:20:40 while veteran runner Baikuntha Manandhar holds the national and South Asian record of 2:15:03 set in 1987.

The event started from BP Chowk and finished at the starting point going through Kohalpur, Chauraha, Kaushilanagar and returning from the same route. Tribhuvan Army Club’s Krishna Basnet finished runner up clocking 2:20:49 while Khagendra Bhat of the same departmental team clocked 2:27:28 to come third.

Army Club’s Nawaraj Saud and Gyan Prasad Bhattarai came fourth and fifth while Mukesh Bahadur Pal of Sudurpaschim, Jagdish Giri of Kalikot and Sanam Gharti of Dang secured sixth to eighth places respectively.

Winner Parki bagged a purse of Rs 75,000 while Basnet received Rs 30,000 and Bhat walked away with Rs 20,000. Players finishing to eighth place had their share in cash prizes.

In the women’s half marathon, Bhandari took 1:26:54 to secure top finish among 10 runners. Manju Raut of Jumla clocked 1:30:07 and Sharmila Gharti of Dang 1:38:14 to secure second and third place finishes.

Sakuntala Thagunna of Sudurpaschim, Anisha Chaudhary of Dang, Kalpana Chaudhary of Bardiya, Ankita Gurung of Banke and Lalita Lamichhane of Kaski secured fourth to eighth place finishes.

Bhandari was awarded a purse of Rs 30,000 while first runner up Raut got Rs 20,000 and Gharti won Rs 10,000.

Meanwhile, race director and athletics chief coach Chandra Bahadur Gurung was feted by organiser Creative Hands to acknowledge his contributions to the development of athletics.

According to the organisers, the next edition of the marathon will be held on November 20 next year.

National Sports Council member secretary Ramesh Kumar Silwal and Nepal Olympic Committee president Jeevan Ram Shrestha, among others, distributed prizes to the winners.

Read More
नेपालगन्ज म्याराथन तयारी तीब्र, बढ्यो पुरस्कार राशी
Sep 21, 2021
Marathon News

नेपालगन्ज म्याराथन तयारी तीब्र, बढ्यो पुरस्कार राशी

by नेपालगन्ज न्यूज

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा लिएको छ ।

धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करणबाट पुरस्कार राशी वृद्धि घोषणा गरिएको छ । विश्वव्यापी कोरोना महामारीको चपेटोमा थलिएको खेल क्षेत्रलाई ब्यूँझाउने गरि क्रिएटिभ ह्यान्ड्सको आयोजनामा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना मंसीर ६ गते हुने भएको हो ।
आयोजकका अनुसार, यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।
यसपटक म्यराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।
‘तयारी तिब्र पारिएको छ,’ आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले प्रेस नोटमार्फत भने, ‘ महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।’
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना गरिंदै आएको छ । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
आयोजकका अनुसार, नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । नेपाल एथलेटिक्स संघले साथ दिएको नेपालगन्ज म्याराथन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुने अध्यक्ष ठकुरीले जानकारी दिए ।
क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैटौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्रगतिमा अघि बढिरहेको छ ।
एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नका लागि हिडौं’ भन्ने नारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको यहाँहरुलाई विदितै छ ।
नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।
आयोजकले शनिवार दिएको जानकारी अनुसार, केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहीं न कहीं तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ ।
म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ ।
दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद, एनओसी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन् ।
कोरोना महामारीका कारण यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउनुपर्ने छ । दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न अनुरोध गरिएको छ ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । ‘पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरेका छौं,’ प्रेस नोटमा भनिएको छ ।
‘राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन्,’ आयोजकले भनेको छ, ‘यसले हामीलाई उर्जा थपिदिएको छ ।’ पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजनाको उद्देश्य रहेको भन्दै आयोजक क्रिएटिभ ह्यान्ड्सले भनेको छ, ‘यसै अनुसार हामीले विगत ५ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौं ।’
कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक सबैले मास्क अनिवार्य गरिएको छ । कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको आयोजकले जनाएको छ । गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो ।

कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदै आएका छन् ।

Read More
धारा तेल नेपागञ्ज म्याराथनको मुख्य प्रायोजक
Sep 21, 2021
Marathon News

धारा तेल नेपागञ्ज म्याराथनको मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– साताको अन्त्यमा आयोजना हुने नेपालगन्ज म्याराथनलाई धारा शुद्ध तोरीको तेलले प्रायोजन गर्ने भएको छ । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा हरेक वर्ष आयोजना हुने म्याराथनको पाँचौं संस्करण शनिबार आयोजना हुँदैछ ।

केएल दुगडका महाप्रबन्धक प्रदीप कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । अब प्रतियोगिताको नाम धारा नेपालगन्ज म्याराथन रहने बताइएको छ । धारा केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन हो । सम्झौता रकम नखुलाईएपनि सम्झौता दुई वर्ष रहने बताइएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरका रुपमा परिचित छ ।सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजकको उद्देश्य रहेको बताइएको छ ।

कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यमका रुपमा नेपालगन्ज म्याराथन एउटा महत्वपूर्ण कडि बन्ने सक्ने भन्दै नेपालगञ्जलाई महानगर बनाउने अवधारणामा यसले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथाखुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समेटिएको छ ।

यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको आयोजकले जनाएको छ । जसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहने विश्वास छ ।

म्याराम्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ बताएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामानगद पुरस्कार बृद्धि गरिने आयोजक क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले बताएका छन् ।

Read More
भूमिराज नेपालगन्ज म्याराथन च्याम्पियन, कान्छिलाई हाफ म्याराथन उपाधि
Sep 21, 2021
Marathon News

भूमिराज नेपालगन्ज म्याराथन च्याम्पियन, कान्छिलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)– चौथो नेपालगन्ज म्याराथन नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले दोस्रो पटक हाफ म्याराथनको उपाधि जितेकी छन् ।

क्रियटिभ ह्यान्ड्सको आयोजनामा शनिबार भएको म्याराथनमा २ घन्टा ३३ मिनेट २० सेकेन्डमा निर्धारित दुरी (४२ .१९५ किलोमिटर) पुरा गर्दै भूमिराज च्याम्पियन बनेका हुन् । उनको यो पहिलो सहभागिता हो । नेपालगन्जको विपिचोकबाट सुरु भएको म्याराथन कोहलपुर, कौशिलानगर हुँदै पुनः सोही रुटबाट फर्केर विपि चोक पुगेर टुंगिएको थियो।

महिला हाफ म्याराथनमा कान्छिमाया दोस्रो सहभागितामा पनि च्याम्पियन बनेकी छिन् । उनले १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । म्याराथनमा एपिएफका खिमबहादुर खत्री दोस्रा र सोही क्लबका गणेश ठकुरी तेस्रो भएका छन् । खिमबहादुरले २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पुरा गरे ।

गणेशले २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दुरी तय गरे । बर्दियाका बलबहादुर सुनार चौथो, पुलिसका भीमबहादुर रोकाय पाँचौ, प्रमोद खड्का छैटौं , गोपाल बुढा सातौं र बाँकेका मोरी ग्यानरुक आठौं भएका छन् । भुमिराजले ६० खिमबहादुरले ३०, डोशले २० हजार रुपैयाँ प्राप्त गरे । चौथोले १० हजार, पाँचौले ८ हजार, छैठौले ७ हजार, सातौले ६ हजार र आठौले ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला हाफ म्यराथानमा एपिएकै बृन्दा श्रेष्ठ दोस्रो र कृष्णाश्वरी सिन्तकला तेस्रो भइन् । बृन्दाले १ घन्टा २५ मिनेट ४४ सेकेन्ड र कृष्णश्वेरीले १ घण्टा ३१ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कञ्चन पुनमगर चौथो, बत्तीसरा बम पाँचौं र अन्जु मल्ल छैटौं भइन् । कान्छिमायाले ३०, बृन्दाले १५ र कृष्णेश्वरीले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

चौथोले ५ हजार, पाँचौले ४ हजार र छैठौले तीन हजार रुपैया पाएका छन् । नेपालगञ्ज म्याराथनको ५ किलोमिटर पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भएका छन् । नरेशले १६ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेका थिए । त्यसमा माधव चौधरी दोस्रो, सन्तोषनाथ योगी तेस्रो र प्रकाश कठायत चौथो भए ।

५ किलोमिटर महिलातर्फ कालिकोटकी मंगला बुढा १९ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै पहिलो भइन् । अनिशा चौधरी दोस्रो, सुमित्रा चौधरी तेस्रो र रेजिना बस्नेत चौथो भइन् । ५ किलोमिटर पुरुष र महिलाका विजेताले ५ हजार, तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाएका छन् । नेपालगञ्ज म्याराथन यसपटक १ किलोमिटर वाकाथन प्रतिस्पर्धा पनि भएको थियो । जसमा प्रदीप पण्डित विजयी भए । सोही अवसरमा आयोजक क्रिएटिभ ह्यान्ड्स ग्रुपले ओलम्पियन हरि रोकायलाई सम्मान गरेको थियो ।

म्याराथनका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री, काठमाडौं म्याराथन सञ्चालक निलेन्द्र श्रेष्ठ, राखेपका सदस्य विनोद मैनाली, खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने,बाँकेका प्रहरी प्रमृख एसपी अरुण पौडेल, आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीलगायतले पुरस्कारित गरे ।

सरकार र तत्कालिन माओवादी विद्रोहीबीच शान्ती सम्झौता भएको मंसिर ५ लाई स्मरण गर्ने उद्देश्यका साथ म्याराथनको आयोजना गर्दै आएको आयोजक ग्रुपले जनाएको छ । यसपटक स्थानियको आग्रहमा शनिबार आयोजना गरिएको बताइएको छ ।

Read More